logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

महरा प्रकरण : उच्च अदालतले भन्याे थुनामा राख्नुपर्ने कारण सहित कैफियत कागजात पेश गर्नु


  • राजनीति
  • शनिबार, मंसिर ७ २०७६

बलात्कारको प्रयासकाे अभियाेग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएपछि उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ ।

शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले महरालाई थुनामा पठाउनुपर्ने कारणबारे जान्न जिल्ला अदालत काठमाडौंबाट कैफियत कागजात मगाउने आदेश दिएको हो ।

आफुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै महराले थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

महराको निवेदनमाथि शुक्रबार मुख्य न्यायाधीश सुवेदीले कैफियत कागजात झिकाउने आदेश दिएका हुन् ।

जिल्ला अदालतबाट घटनाको मुचुल्का, बयान लगायतका सबै कागजात आएपछि सो कागजातको अध्ययन गरी महरालाई थुनामै राख्ने वा थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने बारे उच्च अदालतले आदेश दिनेछ । उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएमा महरा थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्नेछन् । उच्च् अदालतले पनि थुनामै पठाउे जिल्लाको आदेश सदर गरेमा महरा सर्वोच्च अदालतमा पनि निवेदन दिन जान सक्नेछन् ।
महराको मुद्दा भने जिल्ला अदालत काठमाडौँमै चल्नेे बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार