पोखरा – धनुषाको मिथिला बिहारी नगरपालिका-४ मिथिलेश्वरमा एक जनाले दाइजोमा दिएको मोटरसाइकल नामसारी नगरेको झोकमा पत्नीको ह’त्या गरेका छन्।
२२ वर्षीया पत्नी कुसुम मण्डलको मोटरसाइकलको नामसारी नगरेको झोकमा श्रीमान् प्रकाश मण्डलले हत्,या गरेका हुन्।
उनका ससुरा रामचन्द्र मण्डलले उनको श’व जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखेर फरार भएका थिए।
शनिबार बिहान गाउँलेबाट माइती पक्षले घटनाबारे जानकारी पाएपछि उनीहरू अस्पताल पुगेका थिए।
कुसुमको माइती सिराहा जिल्लाको गोलबाजार नपा वडा नम्बर ८ मा पर्दछ।
ह’त्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका कारण गर्न नसकेकैले आफ्नो छोरीको ह’त्या गरिएको आरोप लगाएका छन्।
मण्दलको श’व अहिले प्रादेशिक अस्पतालको पो’ष्टमा’र्टमका लागि राखिएको छ।
अस्पतालका चिकित्सकले समेत ह’त्या गरेको देखिएको बताउँछन्। कुसुमको विवाह प्रकाशसँग डेढ वर्षअघि भएको थियो।
विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदी समेत दाइजो दिएको माइती पक्षको दाबी छ।
घटना शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमानलाई आज पक्राउ गरेको छ।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जानकारी दिए ।