पोखरा- धादिङको गल्छी गाउँपालिका– ६ बैरेनीबजारमा आज आइतवार एका बिहानै जन्ती बस दुर्घटना भएको छ।
जन्ती बोकेर नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस सडकको खाल्डो छल्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी एकको मृ’त्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन।दुर्घटनामा बेलकोटगढी नगरपालिका– ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकार दिए।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको छ।
घाइते २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ।