राजनीति
राजधानीमा पत्रकार सम्मेलन गरी नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्शा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिम नेपालको सीमानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए ।
भारततर्फबाट नेपाली भूभागमा गोल माल भएका कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो । नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्र माण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ ।’उनले भने ।