logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गुल्मीको आपचौर खरवाङ्गको जंगलमा आगलागी, बस्ती जोखिममा


  • राजनीति
  • शुक्रबार, माघ २६ २०७४

गुल्मी/ गुल्मीको मुसिकोट नगरपालिका–५ आपचौरमा भिषण आगलागी भएको छ ।

कुर्घाको मालिकाबाट तिम्ले खर्कहुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर नीजि खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ्ग जंगलसम्म पुगेको हो । आगलागीबाट बस्तीसमेत जोखिममा परेको स्थानीय अर्जुन अर्यालले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसोबाट लागेको आगो आपचौरको बस्ती नजिकै पुगेकाले अहिले नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बिहानैबाट स्थानीयले आगो निभाउने प्रयास गरे पनि झण्डै ४ किलोमिटर फैलिएको र केही भाग भिरसमेत भएकाले नियन्त्रणमा लिन कठिनाई भएकोले अर्यालले बताए ।

जंगलबाट नजिकै बसोबार गर्दै आएका २५ घरधुरी आगलागीको जोखिममा रहेको बताइएको छ ।

स्थानीयवासीले आगालागी नियन्त्रणको प्रयास गरे पनि सुकेको खर भएकाले आगो निभाउन कठिनाई भएको छ । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली बिहानै घटनास्थलतर्फ लागेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार