logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एनसेल मेला रोक्न नेकपाको चेतावनी, स्थलमा पुगेर बिथोल्ने घोषणा


  • राजनीति
  • मंगलबार, मंसिर १७ २०७६

बिद्रोही दल तथा नेत्र बिक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल विरुद्ध संघर्ष गर्दै आएको छ । यसै बिचमा एनसेललाइ थप कार्वाही गर्ने चेतावनी दिएको छ ।

नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड द्धारा जारी बिज्ञप्तीमा बिवादित दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको ‘एनसेल मेला २०७६’ गर्न नदिने चेतावनी दिएको छ । मङ्गलबार प्रकाण्डले विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एनसेल कम्पनी भ्रष्ट र देशद्रोही भएको र सो कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र आफ्नो पार्टीलाई आक्रोशित बनाएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

यस्तो छ विज्ञप्ति

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल र नेपाली जनताको मर्यादा उल्घङ्लन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरूलाई घूस र एकाधिकार पुँजीको प्रभाव र दबाबमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण उक्त कम्पनीलाई हाम्रो पार्टीले कारबाही गर्दै आएको छ । नागरिक अगुवा र अभियन्ताहरूले एनसेल बहिष्कार अभियान चलाइरहेका छन् । यस्तो अवस्थामा उक्त भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ ।

पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार