logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्री माथि नै के विप्लव आक्रमण गर्न चाहान्छ त ? हेर्नुस् सत्य यस्तो छ


  • पत्रपत्रिका
  • बुधबार, मंसिर १८ २०७६

नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको खबर प्रकाशित भएको ।सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्गेटमा परेको सूचना सरकारी संयन्त्रले पाएको हो ।

यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ । हमलाका योजनाकारहरु विप्लव समूहसँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्ना गतिविधि सञ्चाल गरेको हुनसक्ने पनि आशंका गरिएको छ । तर यसअघि पनि प्रचण्डले आफुलाइ विप्लव नेकपा ले सफायकाे पहिलो नम्बर मा राखेको भन्दै सुरक्षाकाे माग गरेका थिए भने महासचिव विप्लवले ब्याक्ती हत्याबारे पार्टीको कुनै याेजना नरहेको भन्दै स्पष्ट पारेका थिए । आजको घटना र बिचार साप्ताहिक मा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार