logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१३ औं दक्षिण एसियाली खेलकुद : बंगलादेश महिला क्रिकेटको फाइनल प्रवेश


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर १९ २०७६

माल्दिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो।

योसँगै राउण्ड रोबिनका पूरै तीन खेलमा जित हासिल गरेको बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो। बंंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार