logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद पोखरा : नेपाल महिला क्रिकेटको फाइनलमा पुग्न सकेन


  • आश तमु
  • शुक्रबार, मंसिर २० २०७६

पोखरा- नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटको फाइनलमा समूह चरणको अन्तिम खेलमा श्रीलंका यू–२३ सँग ४१ रनले पराजित भएको छ । पराजित भए सङै नेपालको फाइनल यात्रा टुङिएको छ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका यू–२३ सँग ४१ रनले पराजित भयो । यससँगै श्रीलंका फाइनलमा पुग्दा नेपाल भने समूह चरणबाटै बाहिरियो ।

नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । पोखरा क्रिकेट मैदानमा श्रीलंकाले दिएको ११९ रनको लक्ष्य दिएको थियो।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार