logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

भिटेनको नयाँ गीत ‘थाहा छैन’ युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा


  • आश तमु
  • शुक्रबार, मंसिर २० २०७६

पोखरा- भिटेन (समीर घिसिङ) को नयाँ गीत ‘थाहा छैन’ युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा पर्न सफल भएको छ। गीतले दश लाख ३८ हजार भ्युज पाइसकेको छ।

भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने जुन गीतमा अश्लील शब्दहरू प्रयोग गरिएको आरोपमा गत कात्तिक महिनाको पहिलो हप्ता पक्राउ परेका थिए। रिहाइपछि सार्वजनिक यो नै उनको पहिलो गीत हो।

उनका कतिपय गीत करोडभन्दा बढी हेरिएको रेकर्ड छ। एक वर्षअघि रिलिज ‘सिमसिमे पानीमा’ गीत ३० लाखचोटि हेरिएको छ। नौ महिनाअघि रिलिज ‘साइको’ गीत ८० लाखपटक हेरिएको छ।

वर्षदिनअघिको ‘हालखबर’ गीत १ करोड १० लाख, दुई वर्षअघिको ‘मान्छे खत्तम’ १ करोड २० लाख र ‘नेपाली तारा’ धर्मेन्द्र सेवनसँग मिलेर गाएको ‘कथा’ १ करोड १० लाखभन्दा बढी ‘भ्यूज’ पाउन सफल छ। उनको युट्युब च्यानल पछ्याउने दर्शक नै ६ लाख ७२ हजार छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार