राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) सेती महाकाली ब्युरो अन्तर्गत कैलाली जिल्ला समिती द्वारा भारत हस्तक्षेप का विरुद्धमा बिरोध र्याली गरेको छ ।
कैलालीका विभिन्न विद्यालयका विद्यार्थीहरु सहित र्याली निकाल्दै नेपालको बृहत नक्सा प्रदर्शन गरेको छ । बिद्यार्थीहरुको स्वत स्फुर्त सहभागीता रहेको उक्क र्याली कोणसभामा परिणत भएको थियो ।
कोणसभाको संचालन क्रान्तिकारीका जिल्ला सचिव महेश पातली ले गरेका थिए भने कोणसभा लाई सम्बोधन क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंहले गरेका थिए ।
यस अगाडी अखिल क्रान्तिकारी सेती महाकाली ब्यूरोले भारत द्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेक लाई समावेश गरिएको विरुद्धमा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरिएको थियो । उक्त विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कंचनपुर अध्यक्ष नरेन्द्र भाट द्वारा सम्बोधन गरिएको छ ! जुलुस को नेतृत्व अखिल (क्रान्तिकारी ) क्षेत्रीय समन्वय समिति का संयोजक विरेन्द्र शाह नेतृत्व गरिएका थिए। विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल , शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्ता सहित हजारौं विद्यार्थी को सहभागीता रहेको थियो ।