राजनीति
पोखरा ।मिसावट गरी गरगहना बेच्ने पोखरा लेखनाथका पाँच वटा सुनचाँदी पसलका सञ्चालकहरु पक्राउ परेका छन् । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग भद्रकाली प्लाजा काठमाण्डौले गरेको सुनचाँदी पसलहरुको अनुगमनको क्रममा उनीहरु पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेहरुमा दि युनाईडेट ज्वेलर्स प्रा.लि.चिप्लेढुगाका महेन्द्रमान गुभाजू ,गोर्खा एण्ड बराह ज्वेलर्स न्यूरोडका हरी कुमार धमला, अर्जुन पुम्दी भुम्दी सुनचाँदी पसल सिर्जनचोकका अर्जुन बहादुर बि.क, सन्तोष सुनचाँदी पसल सिर्जनचोकका सन्तोष बि.क.र दलबहादुर एण्ड सुनचाँदी पसल रामबजारका महेश सुनार रहेका छन् ।
उनीहरुले सुनका गरगहनामा मिसावट गरी विक्रि वितरण गरेको पाइएकोले पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई कालोबजारी तथा केही सार्वजनिक अपराध सजाय ऐन २०३२ बमोजिम कार्बाहीको लागि शुक्रवार नै म्याद थप गरी कानुन बमोजिम अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।