logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

नेकपाले फायर नखाेल्दै सरकार पराजित : नेता पुन


  • राजनीति
  • शनिबार, मंसिर २१ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका युवा नेता ओम प्रकाश पुनले आफ्नो पार्टीले फायर नखाेल्दै सरकार पराजित भएको दावी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्यूरो इन्चार्ज समेत रहेका नेता पुनले  राज्यको द’मन असफल बन्दै गएको बताएका  छन ।

जनपत्रकार सङ्गठन नेपाल सेती महाकाली समन्वय समितिले आयोजना गरेको जनपक्षीय पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै नेता पुनले वर्तमान सरकारले आफ्नो पार्टीमाथि धरपकड बढाएपनि पार्टीका कार्यक्रमहरु नरोकिएको ठाेकुवा गरे  ।

वर्तमान सरकारको द’मनले पार्टीलाई केही प्रभाव पारे जस्तो देखिएपनि आफूहरु फरक ढंगले अगाडि बढिरहेको र यसले पार्टीलाई थप शुद्धीकरण र सुदृढीकरण गर्न सहयोग पुगेको दावी गरे । उनले अहिले सरकारले अघोषित यु’द्ध थुपारेको समेत आरोप लगाए । उनले भने’अहिले राज्यको तर्फबाट अघोषित यु’द्ध जस्तो छ,हामीलाई जनता र वैधानिक बाटोबाट कटाउने प्रयास गरिएको छ तर हामीले फायर खोलेका छैनौैँ ।’

नेता पुनले अहिलेको सरकार दलालहरुको नियन्त्रणमा रहेको भन्दै यसले जनताको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गरे ।नेपाल अहिले विश्व शक्ति केन्द्रको क्रिडास्थल बन्दै गएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे । नेता पुनले भारत हिन्दु धर्मको नाममा, पश्चिमा मुलुकहरु क्रिश्चियानिटीको नाममा, चीन बिआरअाईको नाममा र अमेरिका हिन्द- प्रशान्त रणनीति अन्तर्गत नेपालमा आउन थालेको दाबी गरेका छन  ।

आफूहरुले १० वर्षसम्म युद्ध लडेर ल्याएको गणतन्त्र र संघीयताले कुनै माग सम्बोधन गर्न नसकेको नेता पुनको जिकिर थियो । उनले थप भने  ‘हिजो माग राख्ने पक्षहरु बाहिर छन्, जातीय स्वशासन क्षेत्रीय उत्पी’डनका पक्षमा आवाज उठाउनेहरु आज बाहिरै छन्, आवाज नउठाउँनेहरु सत्तामा छन्,जसलाई जुन विषय चाहिएकै थिएन उनीहरु सत्तामा रहँदा कसरी जनताका माग सम्बोधन गर्नसक्छ यो अनौठो भएको छ ।’

संघीयताले कुनै कुराको सम्बोधन गर्न नसकेको नेता पुनको ठोकुवा थियो । आफूहरुले अहिले यु’द्ध नचाहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पुनले क्रान्ति मात्र गर्न खोजेको बताए ।  एकै खालको मात्र लडाइँ नलडेर अब एकीकृत ढंगले लड्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि बढेको समेत उल्लेख
गरे । अहिलेको सरकार निरंकुश बनिरहेको भन्दै नेता पुनले भने अहिले काे  सरकार पञ्चायतपछि प्रेसप्रति सबैभन्दा अनुदार बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार