राजनीति
विप्लव नेतृत्वको नेकपा का जनकपुर ब्युरो सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. कपिललाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई २०७६ मंसिर २० गते उपचारका लागि हेटौंडा गएका बेला गैरकानुनी ढङ्गले गिरफ्तार गरिएको हो नेकपा जनकपुरले दावी गरेकाे छ ।
विप्लव नेकपा का जनकपुर ब्युराे इन्चार्ज अरुणद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले न्युनतम मानविय समवेदना पनि राख्न नसकेकाे आराेप लगाएका छन ।
उक्त विज्ञप्ति मा भनिएको छ ‘दलाल संसदीय पुँजीवादी सत्ताले विगत केही महिनादेखि नै आफ्नो फाँसिवादी हर्कतलाई बढाउँदै लगेको छ । हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकसमेतलाई अमानवीय र गैरकानुनी ढङ्गले दमन गर्ने, गिरफ्तार गर्ने, झुट्टा मुद्दा थोपर्ने र हत्यासमेत गर्ने काम गरिरहेको छ ।’
केपी–प्रचण्ड मण्डली सरकारको यसप्रकारको गैर राजनीतिक, गैरकानुनी र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडलाई तत्कालै विनासर्त स–सम्मान रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा त्यस विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी दिएका छन्
हेर्नुस् विज्ञप्ति