बि.स.२०७६ साल मंसिर २२ गते आईतबार इश्वी सन २०१९ डिसेम्बर ८ तारीख मार्गशीर्ष शुक्लपक्ष एकादशी तिथी प्रातः०७ः३२ बजे सम्म पश्चात द्वादशी तिथी अश्विनी नक्षत्र वरियान योग वव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा आनन्द योग परिधावीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु मोक्षदा एकादशी व्रत, गीता जयन्ती ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – पारीवारिक साथसहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । ब्यपार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । समय अनुरुप कार्यको निर्णय लिन नसक्दा सामान्य ढिलाईको सामना गर्नु पर्ला । नयाँ लगानि उत्तम रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – अनावश्यक खर्चका कारण तात्कालीक आर्थीक अभाबको सामना गर्नुपर्नेछ । कामकाजका क्षेत्रमा अरुको दवाबको महसुस हुने सम्भाबना रहेकोछ । देश बिदेशको यात्राको योग रहेकोछ । परीवारका सदस्यहरु सगँको सम्बन्धमाभने सामान्य झमेला उत्पन्न हुन सक्नेछ । हरकसैको बिश्वासमा नपर्नु होला ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।