logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कोहलपुर : डीएसपी शाही सहित ९ प्रहरी घाइते, कर्फ्यू लगाउने तयारी


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर २२ २०७६

पोखरा – ट्रकको ठक्करबाट बाँकेको कोहलपुरमा बालिकाको मृ’त्यु भएपछि सो क्षेत्र तनाव ग्रस्त भएको छ।आक्रोशित समूह र प्रहरीबीच ढुं’गा हा’ना’हान भएको छ । प्रहरी नै विद्यार्थी र स्थानीयवासीकाे घेराबन्दीमा परेको छ ।उनको मृ’त्यु भइसकेको भए पनि यसको औपचारिक पुष्टि भने कसैले पनि गरेको छैन।

तनावग्रस्त बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था बिग्रिरहेको भन्दै कर्फ्यू लगाउने अवस्थामा पुगेको बताए ।

‘अवस्था झनझन् बिग्रिरहेको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यू लगाउनेबारे निर्णय गर्दैछौं,’ उपाध्यायले भने ।

बालिकालाई ठक्करदिने ट्रकमा सोही विद्यालयका विद्यार्थी र स्थानीयले आ’गजनी गरेका छन्।

कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी प्रदर्शनकारीको ढुंगामुढाबाट घाइते भएका छन् ।शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आइतवार बिहान हाइस्कुल चोकमा ट्रकको ठ’क्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृ’त्यु भएको थियो ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आ’गजनी गरेका छन् । स्थिति त’नावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले १५ राउण्ड हवाई फा’यर पनि गरेको छ ।

यसैबीच प्रहरीले चलाएको गो’ली लागेर त्रिभुवन माविमा कक्षामा ९ का विद्यार्थी सुशील थापा गम्भीर घाइते भएका छन्।

यस्तै सोही घटनामा अन्य दुई जनालाई गो’ली लागेको प्रत्यक्षदर्शी बिमल पौडेलले नेपालखबरलाई बताएका छन। गोली लाग्ने व्यक्तिको भने अहिलेसम्म पहिचान नखुलेको र उनीहरुलाई उपचारका लागि अस्पताल पाठइएको पौडेलले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार