पोखरा- प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका मेचीनगर इञ्चार्जलाई प्रहरीले गएराति तिनकुनेबाट पक्राउ गरेको छ ।
झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई पक्राउ गरेको हो ।
महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा विष्फोट गराएको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
गिरीविरुद्ध विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।