logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङजामा लाटोकेसेरो तथा हुचिल उत्सव हुने


  • आश तमु
  • आइतबार, मंसिर २२ २०७६

पोखरा- अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर स्याङजामा लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको छ ।स्याङजाको पुतलीबजार नगरपालिका २ र विरुवा गाउँपालिका ३ को सिमास्थल राङभाङमा माघको २४ र २५ गते लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको हो ।

राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथी नामक संस्थाको संयुक्त आयोजनामा उत्सव हुने भएको क्लबका अध्यक्ष बालकुमार गुरुङले बताए।‘किसानको साथी’कारुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमीका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुर्याउनका लागि उत्सवको आयोजना गरिएको हो।अवैध चोरीनिकासी, वन बिनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए। लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ।नेपालमा पाइने २३ प्रजातीका लाटोकोसेरोमध्ये ८ प्रजातीका दुर्लभ किसिमका छन्।

हुचिल लाटोकोसेरो प्रजातिको एक पंक्षी हो। जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो “हुचिल” Eurasian Eagle Owl जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । ६० बर्षसम्म बाँच्न सक्ने हुचिल साढे ३ किलो भएपछि यसका खुट्टाका नङ्ग्राले सिसा काट्न सकिन्छ । ५ किलो तौल नाघेपछि यसलाई छुदाँ करेन्ट लाग्छ । यसको शरीरमा बेसार छर्किदियो भने बेसार नै कालो खरानी बनाईदिने, ऐना अगाडि राखेर हेर्न खोज्दा ऐनामा नै नदेखिने जस्ता अति बिचित्रका गुणहरू हुन्छन् । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा पाईने यो चराले आफ्नो मृत्युको पुर्वाभास पाउने बित्तिकै स्वयं आत्महत्यासमेत गर्ने हुँदा अति अद्भुत् श्रेणीको प्राणी मानिन्छ

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार