राजनीति
पोखरा- महानगरपालिका ९ पृथ्वीचोकमा बसको ठक्करवाट पैदलयात्रीको मृ’त्यु भएको छ।
ग १ ख ८३२८ नम्बरको बसले पैदल यात्रीलाई ठ’क्कर दिदाँ स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने ५० वर्षिय राजु नेपालीको मृ’त्यु भएको हो।
बसले ठ’क्कर दिँदा घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृ’त घोषणा गरेका थिए।
प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।