logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाल पक्राउ


  • राजनिती न्युज डेस्क
  • सोमबार, मंसिर २३ २०७६

तनहुँ- नेत्रविक्रम चन्द निकट नेकपाका अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका-१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।तनहुँबाट प्रहरीले हालसम्म सोह्र जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार