logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतीय राजदुतको माधवकुमार नेपाललाई उनकै निवासमा पुगी भेट्नुको रहस्य रहस्य


  • राजनिती न्युज डेस्क
  • मंगलबार, मंसिर २४ २०७६

पोखरा- नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग भेट्ण उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीतिक तहबाट समाधानको पहल भइरहेको छ ।नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार