logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भुटानलाई २–१ ले पराजित गर्दै नेपाल बन्यो साग च्याम्पियन


  • राजनिती न्युज डेस्क
  • मंगलबार, मंसिर २४ २०७६

नेपाल १३ औं साग अन्तर्गत पुरुष फुटबलको स्वर्णपदक जित्न सफल भएको छ।

दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण हात पारेको हो। खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो। अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए।

भुटानका चेन्चो ग्याल्त्सेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।आक्रमक शैली अपनाएको नेपालले खेलको ५३ औं मिनेटमा दोस्रो गोल गर्न सफल बन्यो। सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेपछि नेपाल खेलमा २–१ को अग्रता लिन सफल भएको थियो।

त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि नेपालले खेल २–१ ले जितेको हो।नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुग्न सफल हुँदा चारपटक स्वर्ण जित्न सफल भएको हो।

यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो। सन् २०१९ को सागमा पनि नेपाल स्वर्ण जित्न सफल भएको हो।

चारपटक साग जितेसँगै नेपालले बंगलादेशसँग सर्वाधिक साग जित्ने देशसँग बराबरी गरेको छ।यससँगै नेपालले १३ औं सागमा ५१ स्वर्णपदक हातपार्न सफल भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार