logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेपालको सम्पति र जलस्रोत माथी राष्ट्रघात भएको भन्दै विप्लबले ध्वस्त गरे जीएमआरको कार्यालय

नेकपाका तिन कायकर्ता गिरफ्तार


  • राजनीति
  • आइतबार, माघ २८ २०७४

२८ माघ काठमाडौँ । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा रहेको जीएमआरको कार्यालयमा आक्रमण गरेको छ । आक्रमणवाट उक्त कार्यालय ध्वस्त भएको बुझिएको छ । नेपालको सम्पति र जल स्रोत माथी राष्ट्रघात भएकोमा बिरोध जनाउदै आएको ने क पाले बिदेशी शासकको स्वार्थ र नेपालका संसदबादी दलका नेताको आत्मसमर्पणको भण्डाफोर गर्दै नेपालको प्राकृतिक स्रोत र साधन कुनै पनि हालतमा विदेशीलाई सुम्पन नसक्ने बताउदै आएको थियो ।

बिगत देखिनै राष्ट्र , राष्ट्रियता र जनतालाई केन्द्र भागमा राखेर संघर्ष गर्दै आएको नेकपाले पार्टीको सोहि नीति अनुरुप जीएमआर माथि कारबाही गरेको बुझिएको छ ।  प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा ने क पा का तिन जना कायकर्तालाई गिरफ्तार गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार