logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सागमा भ्रष्टाचार ! खेलकुद मन्त्रीलाई बर्खास्त गर्न माग

खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार !


  • राजनीति न्युज डेक्स
  • बुधबार, मंसिर २५ २०७६

पोखरा : १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा भ्रष्टाचार गरेको आरोप लगाउँदै खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविन गर्न माग गरेको हो।

‘साग खेलकुदको टिकट बेच्ने जिम्मा (बिना टेण्डर) गरेको ईसेवाले टिकट विक्रि वितरणमा ठगी धन्दा सञ्चालन गरेको छ।’ तरुण दल अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा जित्ने खेलाडीलाई पुरानो साइकलबाट प्रतिस्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद हो।’

त्यस्तै तरुण दलले सागमा स्वर्ण विजेतालाई २५ लाख, रजत विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिन माग गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार