logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पुष ९ गते बाट कास्की “हिसान स्पोर्टस मिट”


  • राजनिती न्युज डेस्क
  • बुधबार, मंसिर २५ २०७६

पोखरा- पुष ९ गते बाट हिसान कास्कीले ‘हिसान स्पोर्टस मिट २०७६’आयोजना भएको छ । कास्कीमा रहेका निजी उच्च माबिहरुको छाता सङथन हिसानले १३ औँ संस्करणको हिसान स्पोर्टस् मिट गर्ने भएको हो।

कार्यक्रमका प्रचार–प्रसार प्रमुख एवं हिसान कास्कीका पूर्व अध्यक्ष रमाकान्त बरालले २०६४ साल देखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको हिसान स्पोर्टस् मिटलाई निरन्तरता दिदै १३ औँ संस्करणलाई पुष १२ सम्म संचालन हुने जानकारी दिएका छन ।

हिसान स्पोर्टस मिट अन्तरगत छात्र–छात्रा बास्केटबल, भलिबल र टेबल टेनिसका खेलहरु हुने उनले बताए ।

विद्यार्थी विद्यार्थी बिच र विद्यालय बिच आपसी समझदारी एवं भाइचाराको भावना विकसित गर्ने तथा विद्यार्थीको सुर्वाङ्गीण विकासको लागि स्पोर्टस मिट सञ्चालन गर्न विभिन्न समितिहरु गठन गरिएको बरालले बताए ।

हिसानका पूर्व अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा विभिन्न १४ उप–समितिहरु बनाइएका छन् ।

काम सु–सम्पन्न गर्न करिब ७ लाख खर्च हुने आर्थिक उप समितिका संयोजक डा।त्रिभुवन शर्माले जानकारी गराए ।

हिसान कास्कीमा ६० भन्दा बढी शिक्षण संस्थाहरु आवद्ध रहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार