पोखरा- रुपा गाउँपालिकामा लैगिंक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।७१ औं मानवअधिकार दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार समूह रुपा गाउँपालिकाको आयोजना तथा रुपा गाउँपालकिाको सहयोगमा मानवअधिकार, लैगिंक हिंसा र महिला अधिकारका बारेमा महिला समूहहरुलाई जानकारी गराइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रुपा गाउँपालिका उपाध्यक्ष लाल सुब्बा गुरुङले शिक्षा , स्वास्थ्य ,बिकास र सुरक्षामा महिलाहरुको अर्थपूर्ण सहभागीता हुनु पर्ने बताएकी छन।
कार्यक्रममा इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले लैगिंक हिंसाका विषयमा सहजीकरण गरेकी थिइन् ।