logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आयुर्वेद औषधी व्यवसायी गण्डकी प्रदेशको अधिवेशनबाट अध्यक्षमा राजु पौडेल निर्वाचित


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर २६ २०७६

पोखरा- नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अधिवेशनबाट अध्यक्षमा राजु पौडेल निर्विरोध निर्वाचित भएका छन् । संघको गण्डकी प्रदेश साधारण सभा तथा अधिवेशन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका थिए ।

उनले आफू स्वास्थ्य मन्त्री हुँदादेखि नै आयुर्वेदको विकासका लागि काम गरेको बताउँदै मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्ने प्रभावकारी आयुर्वेद पद्दतिको विकासका सोच्नुपर्ने बेला आएको बताए । नेपालमा नै भएका प्रशस्त जडिबुटी प्रशोधन गरी गुणस्तरीय सेवामा जोड दिन उनले सबैसँग आग्रह गरे ।

अधिबेशनले उपाध्यक्षमा धनबहादुर कुमाल, महिला उपाध्यक्ष गंगा लामिछाने, सचिव डा। दीपक भुसाल, सहसचिव विष्णा शर्मा चापागाई, कोषाध्यक्ष रमेश चापागाई चयन गरेका छन् । सदस्यहरु विनीता डुम्रे अर्याल, राजेन्द्र अधिकारी र हिरा गोर्खाली छन् ।

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सभामा विष्णा शर्मा चापागाईले स्वागत र राजु पौडेलले सञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार