logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पर्वत फलेवासमा भिरबाट ल’डेर एक महिलाको मृ’त्यु


  • रासस
  • बिहिबार, मंसिर २६ २०७६

पर्वत-  पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट ल’डेर एक महिलाको मृ’त्यु भएको छ ।स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट ल’डेर ज्या’न गएको हो ।

स्थानीय बासे ओढार भिरबाट ल’डेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधबार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बिहान मृ’तावस्थामा श’व भेटिएको प्रहरीले जानकारी दिएको छ ।

दाउरा बोकेर फर्किने बेला भि’रबाट ल’डेर ज्यान गएको अनुमान प्रहरीको छ । मृ’तक दर्जीको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार