पोखरा – पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल जनसरोकार समितिले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरेर आयोजनाले पटक पटक गरेको जग्गा अधिग्रहणको श्रृङ्खलाले उठिबास लगाएको भन्दै एक इन्च जग्गा पनि नदिने बताएका छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिका अध्यक्ष गनेश पौडेलले विगतमा भएका सहमतीहरुलाई पनि आयोजनाले कार्यान्वयन नगरेको भन्दै १६ बुँदे माग सहित आन्दोलनमा जाने घोषणा समेत गरेका छन ।सरकारले दिने मुआब्जाले अर्को ठाँउमा जग्गा किनेर घर बनाउन सक्ने अवस्था नरहेको भन्दै थप जग्गा अधिग्रहणबाट १७ घरपरिवार बिस्थापित हुने भन्दै थप जग्गा अधिग्रहण हुन नदिने बताए।
विमानस्थल निर्माणका लागि २०३२ सालमा ३ हजार १ सय ५० रोपनी र ५९० रोपनी जग्गा अधिग्रहण गरि विमानस्थल प्रक्रिया अगाडी बढि रहेको छ । विमानस्थललाई थप जग्गा आवश्यक पर्ने भनि मंसिर ५ गते बसेको मन्त्रिपरिषदको बैठक थप १ सय ४८ रोपनी जग्गा अधिग्रहणका लागि स्विकृति दिएको थियो ।