logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यो बर्षको हिउँदे झरी शुरु,बिहानदेखि पोखरामा पानी


  • आश तमु
  • शुक्रबार, मंसिर २७ २०७६

पोखरा – यो बर्षको हिउँदे झरी शुरु भएको छ। शुक्रबार बिहानदेखि पोखरामा पानी परिरहेको छ भने देशका उच्चपहाडी भूभागमा हिमपात भएको छ। नेपालमा पश्चिमी वायुका कारण हिउँदे झरी र हिमपात हुने गर्छ।

अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिमपात पर्ने गर्छ। बर्खेझरी भने बंगालको खाडीमा बन्ने मनसुनी वायु फैलिएपछि पूर्वी क्षेत्रबाट शुरु हुनेगर्छ।

यतिखेर पहाडी क्षेत्रमा समेत पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ।मौसम बदलीको प्रभाव आइतबारसम्म कायम रहने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार