logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

क्रान्तिकारीको सम्मेलन: जनघात र राष्ट्रघात विरुद्ध निर्मम संघर्षको घोषणा


  • राजनीति
  • शुक्रबार, मंसिर २७ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको ललितपुरले शैक्षिक देखिएका बिकृती र राष्ट्र घात विरुद्ध कडा संघर्ष गर्ने उद्धघोष गरेको छ । जिल्ला संगठनको २४ औं  सम्मेलन सम्पन्न गर्दै उक्क्त घोषणा गरेको हो ।

प्रतिबन्धका बाबजुद पनि ललितपुर जिल्लामा भब्य कार्यक्रम सहित जिल्ला सम्मेलन सम्पन्न गरेको क्रान्तिकारी ललितपुरले जनाएको छ ।

“अनिवार्य र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका लागी शसक्क्त आन्दोलन , जनघात र राष्ट्रघात विरुद्ध जुझारु संगठनका लागी २४ औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ  गत २४ गते  सम्पन्न गरेको छ । क्रान्तिकारीका महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा बिशेष अतिथी जनस्वास्थ्य कर्मी महासंघका महासचिव  प्रकाश चन्द रहेको जनाएको छ ।

क्रान्तिकारीको २४ औं  सम्मेलनले अग्रीमको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको पदाधिकारीमा निर्माण , अनुपम, निश्चल,मिसन क्रमशः उपाध्यक्ष, सचिव र कोषाध्यक्ष बनेको जनाएको छ ।

उद्घाटन र बन्दसत्र एकै दिन सम्पन्न गरेको क्रान्तिकारीको जिल्ला सम्मेलनमा नेकपा जिल्ला नेता तथा जवस फ्राक्सन इन्चार्ज प्रतिवद्ध र अखिल क्रान्तिकारीका उपत्यका सयोजक हर्क बिकको उपस्थिति रहेको थियो ।

उक्त सम्मेलन बाट निवर्तमान जिल्ला अध्यक्ष बिनोद लुइँटेललाइ बिदाइ कार्यक्रम पनि गरेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार