logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक ओलीका लागि कुर्सी खाली राखेर सुरु


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर २९ २०७६

पोखरा- पार्टी कार्यालय धुम्बाराहीमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक प्रचण्डको अध्यक्षतामा शुरु भएको छ । पार्टी एकीकरण पछीको नेकपाको यो बैठक पहिलो हो।

यदपी बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । ओली अनुपस्थित भएपछि उनको कुर्सीलाई खाली राखेर बैठक शुरु गरिएको छ ।एपेन्डिसाइटिसको अप्रेसनपछि १० दिन अस्पताल बसेर फर्किका ओली बालुवाटारमा आराम गरिरहेका छन् । उनी आज विहान बसेको नेकपा सचिवालय बैठकमा भने केही बेर सहभागी भएका थिए ।

स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय आइतवार विहान बसेको सचिवालय बैठकले गरेको थियो । जसमा स्थायी कमिटी बैठकमा छलफल हुने छ ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ विहानको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार