logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

क्रान्तिकारी रुकुममा नयाँ नेतृत्व, जेल र हिरासत बाट मुक्त भएकालाइ सम्मान


  • राजनीति
  • सोमबार, मंसिर ३० २०७६

बिद्रोही दल ने.क.पा निकट अखिल(क्रान्तिकारी) रुकुम (पश्चिम) को अध्यक्षमा प्रेम प्रशान्त‌ बोहोरा चयन हुनुभएको छ । २६ औं जिल्ला सम्मेलनले बोहरा को अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
२०७६ साल मंसिर २७ र २८ गते भएको सम्मेलनले जिल्लामा रहेका विभिन्न शैक्षिक विकृति – विसङ्गतीहरुको निराकरण गर्न भन्दै ९ बुँदे घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा उल्लेखित सम्पूर्ण घोषित कार्यक्रमहरु तत्काल सम्बन्धित निकायहरूमा पठाउने कार्यान्वयन गर्ने निर्णय गरिएको अध्यक्ष बोहोराले जानकारी दिए ।
सम्मेलनमा विभिन्न चरणमा दलाल सरकारको दमन ,धरकड र पक्राउ परि हिरासत तथा जेल बसेर रिहा भएकालाई सम्मान गरिएको थियो ।


सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव प्रकाश शाही, बिशेष अतिथि ने.क.पाका कार्यबाहक जिल्ला सेक्रेटरी मन्जित कामी,संगठनका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो संयोजक दिपक बिष्ट,युवा संगठन नेपाल रुकुम(पश्चिम) का जिल्ला अध्यक्ष लय सहानी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार