logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको मध्यरातमा अचानक नि’धन , कारण अझै खुलेन


  • राजनिती न्युज डेस्क
  • सोमबार, मंसिर ३० २०७६

पोखरा- चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको नि’धन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको नि’धन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ पुराउदै गर्दा बाटोमै नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको के कारणले नि’धन भएको बारे खुलेको छैन ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

भट्टराई तीसकाे दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार