राजनीति
बिद्रोही दल तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । आज राजधानी काठमाडौंको ढल्कुमा भारत द्धारा अतिक्रमीत भुमिको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समेटेको विरोध र्यालीको गर्दै गर्दा गिरफ्तार भएको जनाइएको छ ।
तयारीकै क्रममा प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए । तर विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए ।