राजनीति
File photo of CPN-UML Chairman KP Sharma Oli (left) and Nepali Congress President Sher Bahadur Deuba. Photos: THT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ज्यूले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथो पटक प्रधानमन्त्री बनेका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लागेका हुन् ।
वाम गठबन्धनका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् ।
उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर एमाले अध्यक्ष केपी शर्मा अाेलीलार्इ प्रधानमन्त्री नियुक्त गर्न दावी पेस गरेका हुन् ।
एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल राष्ट्रपति कार्यालय पुगिसकेका छन् । यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादीको टोली पनि राष्ट्रपति कार्यालय पुगेकाे छ ।
वाम गठबन्धनकाेतर्फबाट एमाले र माअाेवादी केन्द्रका नेता राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । उनीहरूले स्पष्ट बहुमतसहितकाे पत्रसमेत राष्ट्रपतिलार्इ बुझाएका छन् ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाल र माअाेवादीसँग झन्डै दुर्इतिहाइ बहुमत रहेकाे छ । वाम गठबन्धनकाे पत्र पाएपछि राष्ट्रपति भण्डारी अाजै अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारीमा जुटेकाे शीतलनिवास स्राेतले जनाएकाे छ ।
उनीहरुले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिको लागि राष्ट्रपति समक्ष संयुक्त दावी पेश गर्दैछन् । दावी पत्र पेश भइसकेपछि ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने छन् ।
राष्ट्रपति कार्यालय श्रोतले दिएको जानकारी अनुसार अहिले जारी छलफलपछी शपथग्रहणको समय तोकिने छ र ओलीले आजै प्रधानमन्त्रीको सपथ लिने छन् ।
पार्टी एकता सयोजन समितिको बुधबारको बैठकले बिहीवार ओलीको नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीमा नियक्त भए अाेली दाेस्राेपटक प्रधानमन्त्री बन्नेछन् । ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।