logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन बत्ति घरीघरी जाने आउने भएको छ ? के भन्छन् कुलमान


  • राजनीति
  • मंगलबार, पुष १ २०७६

हिजो आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा घरीघरी बिद्युत जाने र आउने भइरहेको छ । ग्राहकलाई विद्युत आपूर्तिका लागि विद्युत परिणाममा कुनै समस्या नभएपनि प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

केहि दिन पानी परेका कारण केही प्राविधिक समस्या आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छ्न ।

घिसिङले भने– ‘हिजो र अस्ति पानी परेको थियो । लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउँछ । विद्युत प्रर्याप्त मात्रामा छ केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौँ ।’

ललितपुरका विभिन्न क्षेत्रका साथै काठमाडौंका केही स्थानमा शनिवारदेखि विद्युत जाने आउने गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार