logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा ६ सय एम्पुल ला’गूऔ’षध र भारतिय नगद सहित ४ पक्राउ


  • आश तमु
  • शनिबार, पुष ५ २०७६

पोखरा- पोखरामा ठुलो मात्रा ६ सय एम्पुल ला’गूऔ’षध र नगदसहित ४ जना पक्राउ परेका छन् ।

बिहीबार पोखरा २७ हमालचोकबाट ६ सय थान ला’गूऔ’षध, ११ हजार ४० भारतिय रुपैया र ३ हजार २ सय ४५ नेपाली रुपैयासहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपेन्देही गैडहबा – ८ की ३६ बर्षिया गौमती सुनार, सिदार्थनगर – १ बेकहियाका २६ बर्षीय प्रकाश पुन, भारत नौतुनहवा पोष्ट अड्ड् बजारका २८ बर्षीय महबुब आलम र ३४ बर्षीय बालेश्रर प्रजापती रहेका छन।

प्रहरीले उनीहरुको साथबाट डाईजापाम २ सय एम्पुल ,फेनेरागन २ सय एम्पुल र नर्फिन २ सय एम्पुल गरी जम्मा ६ सय एम्पुल ला’गूऔ’षध बरामद गरेको हो ।

पक्राउ परेकाहरुलाई ला’गूऔ’षध मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार