logo बुधबार, कार्तिक २६ २०८३ | Wednesday 11th November 2026

नेकपाले बोलायो पुस २० गते केन्द्रीय समिति बैठक


  • राजनीति
  • शनिबार, पुष ५ २०७६

पार्टी एकतापछिका विभिन्न एजेन्डामाथि छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए।

पुस २० देखि केन्द्रीय समिति बैठक डाक्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन्।

स्थायी कमिटी बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि छलफल गरिराखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार