राजनीति
पोखरा – राष्ट्रिय पर्व तमू ल्होसारलाई अन्तरिम सरकारको पालादेखी दिइदै आएको सार्वजनिक विदा गत बर्ष देखी बर्तमान सरकारले खारेजी गरेको सन्दर्भमा तमू ल्होसार (पौष १५) मा पुन ः सार्वजानिक विदा पुनस्थापना गराउनको लागि गण्डकी प्रदेशका गुरुङहरुले भोली पुस ६ गते आईतबार पोखरामा सरकारलाई दवाब दिन प्लेकार्ड सहितको साङले जुलुस गर्ने भएको छ ।
२०६२—२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसार सहित अन्य आदीवासी जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिएकाले सार्वजनिक विदा दिन ७ ओटै प्रदेशका गुरुङहरुले भोली पुस ६ गते आईतबार सातै प्रदेशमा शान्तिपूर्ण प्लेकार्ड सहितको दुई घण्टा बृहत प्रर्दशन कार्यक्रमको आयोजना गरिएको छ ।