logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गाउँपालीका अध्यक्ष विप्लव नेकपाकाे नियन्त्रणमा


  • राजनीति
  • आइतबार, पुष ६ २०७६

दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्।

शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनका भाइ हस्त शाहीले जानकारी दिए।

समूहमा आएका उनीहरुले प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको बताएको शाहीको भनाइ छ।अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि लिएर गएको छ। सोधपुछ छ भन्दै अध्यक्ष शाहीलाई लिएर गएको भाइ हस्तले बताए।
उनिहरुले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लिएर साढे १ बजेतिर छोडिदिएको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जनाएको छ। डिएसपी हरिबहादुर ओलीले घटना सुन्नमा आएको छ, अपहरण नै हो वा होइन भन्ने पुष्टि भएको छैन। हामीले अनुसन्धान सुरु गरेका छौं।
यश घटनाबारे विप्लव नेकपाले आफ्नो धारणा सार्वजनिक गरेकाे छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार