logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काठमाण्डौबाट सु’टर प्रकाउ


  • राजनिती न्युज डेस्क
  • आइतबार, पुष ६ २०७६

पोखरा- ‘गुन्डा नाइके’ रमेश बाहुन समूहका एक जना ‘सु’टर’लाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बाहुन समूहका ‘सु’टर’ दुर्गा राईलाई पक्राउ गरेको हो।

राईलाई कोटेश्वरबाट शनिबार पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। उनका अनुसार विभिन्न व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्न थालेको जानकारी पाएपछि राईलाई पक्राउ गरिएको हो।

राई यसअघि पनि पाँच वर्ष जेल बसेर छुटेका थिए। यस्तै, महाशाखाकाले ‘गुन्डा नाइके’ दावा लामा समूहमा रहेर काम गर्ने विष्णु धिताललाई पनि पक्राउ गरेको छ। धिताललाई पेप्सीकोलाबाट पक्राउ गरिएको थापाले बताए। उनी पहिले गणेश लामा समूहमा थिए।

‘धाकधम्की दिएर असुली धन्दा चलाउने गरेको गुनासो आएपछि हामीले दुबैलाई पक्राउ गरेका हौं,’ थापाले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार