logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सतारुद्द नेकपाका एक नेताले पत्रकारलाई गुण्डा लगाएर कु’टपि’ट :पत्रकार महासंघको ध्यानाकर्षण


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष ७ २०७६

पोखरा- बाँकेमा सतारुद्द नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कु’टपि’ट गरेको आरोप लगाएको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कु’टपि’ट गरेको आरोप लगाएको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पुस ६ गते बाँकेको कोहलपुरस्थित युगयान दैनिकको कार्यालय अगाडि बोलाएर विश्वकर्माले पत्रकार शर्मालाई गुण्डा लगाईकु’टपि’ट गराएको महासंघको भनाइ छ ।

कुनै पनि बहानामा पत्रकारमाथि गुण्डा लगाई कु’टपि’ट गरिएको यो घटना आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दछ’, महासंघका महासचिव रमेश विष्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार