ओभरस्टे, वित्तीय अपराध र ह्याकिङको आशंकामा प्रहरीले काठमाडौँबाट ९७ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीले बालाजु, महाराजगञ्ज र बुढानीलकण्डमा रहेका घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।
ब्युरोका डीआईजी निरजबहादुर शाहीले चिनियाँ नागरिकहरुको गतिविधि समेत शंकास्पद देखिएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।नियन्त्रणमा लिइएका ९७ जनालाई सोमबार राति वृत्तहरु र परिसरमा राखेर थप सोधपुछ गरिने प्रहरीले जनाएको छ।ब्युरोका डीआईजी शाहीले चिनियाँहरुबाट सामान्य अवस्थामा भन्दा धेरै ल्यापटप र मोबाइल बरामद भएको जानकारी दिए।