logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एनसेलकाे टावर हटाउन घरधनिलाइ विप्लवकाे चेतावनी


  • राजनीति
  • मंगलबार, पुष ८ २०७६

नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति कैलालीले बर्दगोरिया वडा नं. २ का मधु रिजाललाई पत्र काट्दै देशको अर्बाै राजस्व लुट्ने एनसेलको टावर हटाउन अनुरोध गरेको छ ।

जिल्ला पार्टीका तर्फबाट लेखिएको पत्रमा भनिएको छ, ‘यहाँलाई अवगत नै छ, जनताको श्रम र पसिनामाथि ब्रह्मलुट मच्चाउने भ्रष्ट तथा दलाल सङ्घसंस्था, पात्रहरू र यसका संरक्षकहरूविरुद्ध हाम्रो पार्टी निरन्तर सङ्घर्षरत छ । सङ्घर्षकै क्रममा एक दर्जनको हाराहारीमा उच्च बलिदानसमेत भइसकेको छ । यस्तै भ्रष्ट, ठग र राष्ट्र नै लुट्ने दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यो देशका भ्रष्ट नेता, कर्मचारी र न्यायाधीशसमेतलाई घूस दिएर अर्बौं रुपैयाँ करछली गरी नाङ्गो रूपमा लुटपाट मच्चाइरहेको कुराप्रति पनि तपाईं जानकार हुनुपर्छ ।’

पत्रमा अगाडि भनिएको छ, ‘हाम्रो स्पष्ट बुझाइ के छ भने नेपालमा विद्यमान दलाल संसदीय व्यवस्था तथा यसैको संरक्षणमा भ्रष्ट, दलाल तथा देश लुटेराहरूको राज्यसत्ता कायम रहँदासम्म र यसलाई वैज्ञानिक समाजवादी व्यवस्थाले विस्थापन नगर्दासम्म शान्ति, स्थिरता र जनताको समृद्धिको कल्पना किमार्थ गर्न सकिँदैन । अतः तत्काललाई तपाईंको भवनमा जडान गरिएको एनसेल टावर यथाशीघ्र हटाउन लगाएर हाम्रो अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

हेर्नुस् विज्ञाप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार