logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अन्तर्राष्ट्रिय म्याराथनमा दौडिए प्रदेश ४ का मुख्यमन्त्री


  • राजनीति
  • सोमबार, फाल्गुन ७ २०७४

पोखरा। पोखरामा सोमबार आयोजित अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा ‘रन फर फन’ इभेन्टमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी पनि सहभागी भएका छन । उनीहरुले पोखरा रंगशालाको एक ट्र्याक फन्को लगाएका छन।।

मुख्यमन्त्री गुरुङ कालो सुट, छालाको कालो जुत्ता र भादगाउँले टोपीमा प्रशन्न मुद्रामा दौडिएका थिए । मेयर जिसी भने स्पोर्टस् जुत्ता, पाइन्ट र ट्र्याकमा थिए । उनीहरु दौडिएपछि अंगरक्षकलाई सँगसँगै दौडिनु परेको थियो ।

४२ किलोमिटर दौडमा १३० जना, १० किलोमिटर दौडमा ५२१ जना, ५ किलोमिटर दौडमा ८७२ जनाले सहभागीता जनाएका छन् । यसैगरी ह्वीलचेयर दौडमा ८ महिलासहित १० जना र दृष्टिविहीनको १ सय मिटर दौडमा ३ जनाले भाग लिएका छन् ।

पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले भूतपूर्व खेलाडी मञ्च नेपालले म्याराथन आयोजना गरेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित यो प्रतियोगिता १२ औं संस्करण हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार