logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

देशभक्तीले ओतप्रोत ‘आखा लाउन छोड अब कालापानीमा.. गित सार्वजनिक


  • राजनीति
  • बिहिबार, पुष १० २०७६

भारतीय शासकले मुलुकको सिमा मिचिरहेको बेला सत्ता सदनमा खासै तातो नलागेको भन्ने जन आक्रोश बढिरहेको छ । सरकार बाहिरका दल तथा नेपाली सर्जक कलाकार  लगायत देशभक्तहरुले आआफ्नै शैली बाट बिरोध गरिरहेका छ्न । यसमा पनि क्रान्तिकारी सर्जक र कलाकारले आफ्ना  आवाजलाइ झजै बुलन्द गर्दै लगेका छन ।

यसै बिचमा राष्ट्रियताले ओतप्रोत भएको छोड अब आखा लाउन कालापानीमा  बोलको गित सार्वजनिक भएको छ ।

युवा सर्जक धिरज नाथको शब्द र  संगितमा रहेको गितमा जनयुद्धका चर्चित कलाकार मोहित श्रेष्ठ ,उदयमान कलाकार शारदा रसाइली र बद्री चुडालले स्वर भरेका छन।

नारायण दङ्गालको एरेन्जिङ्गमा बनेको गितले : छल गरेर धोका दिए नाला पानीमा छोड अब आखा लाउन कालापानीमा भन्ने गितले मुलुकको इतिहास देखी वर्तमान सम्मको सफेद दृश्य प्रस्तुत गरेको छ । तरङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको आवाज इन्जिनियरिङ संजय सिर्पाल र रेकर्ड प्रेमदिप राम्जालीले गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार