पोखरा- कास्कीको माचापुछ्रे गाउँपालिका एक बृद्धाको घरभित्रै ह’त्या गरेको अवस्थामा श’व फेला परेको छ । वड नं ५ रिभानको घोरखाने बस्तीमा घरमा एक्लै बस्दै आएकी ६७ वर्षका चिजा विकको ह’त्या भएको हो।
कपडाले छोपिएको अवस्थामा साँझ श’व फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
वैदेशिक रोजगारीमा रहेका विकका कान्छा छोराले आमासँग दुई दिनदेखी सम्पर्क नभएको बताएपछि मृ’तकका देवर नाता पर्ने व्यक्ति घरमा पुगेर झ्यालबाट हेर्दा नराम्रो गन्ध आएपछि ताल्चा फोडेर भित्र कोठामा गएर हेर्दा अनुहारका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा उनको श’व फेला परेको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिएको पोखराको अनलाइन पत्रिका पिस पोखराले लेखेको छ ।
छोरासँग सोमबारदेखी सम्पर्क नभएकाले पनि बृद्धाको आइतबार राती ह’त्या भएको हुनसक्ने आशङ्का गरिएको छ । घरमा बाहिरबाट ताल्चा लगाइएको थियो भने बृद्धाले लगाएका गरगहनाहरु लुटिएको छ । मृतकको श’वलाई पोखरा ल्याई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ ।