पोखरा – पोखरा लगाएत आज देशै भर चिसो बढेको छ । मौषम विज्ञान कार्यालय पोखराले दिएको जानकारी अनुसार आज बिहीबार न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरेको छ । बुधबार न्युनतमा ८ डिग्री र अधिक्तम १७ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमको रेकर्ड अनुसार बिहीबार पोखरामा यो वर्ष कै न्युनतमा तापक्रम मापन भएको हो ।
पोखरामा सन् २०१२ मा अहिलेसम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । त्यसै गरी सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सिय मापन भएको छ ।
आज बिहानै देखि पोखरामा हुस्सु लागेको थियो। हुस्सुले सबै ढाकेर भिजिबिलिटी कम भए पछी बिहानैबाट पोखराबाट विभिन्न स्थान पुग्ने हवाई सेवा समेत अवरुद्घ हुन पुगेको थियो।
तस्बिर अम्रित सुवेदीको फेसबुकबाट