logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्बोच्चको वाध्यकारी आदेशपछि ने.कपा गण्डक ब्युरोका मिलन राई लगाएत पांच नेता कार्यकर्ता रिहा

ने.कपा


  • राजनिती न्युज डेस्क
  • बिहिबार, पुष १० २०७६

पोखरा- बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्तरगतका पांच जना नेता तथा कार्यकर्तालाई आज सर्बोच्च अदालतले छाड्न बाध्यकारी आदेश दिएपछि हिरासतमुक्त भएका छन्।

कुनै एक जिल्लामा गिरफ्तार गरेर मुद्दा चलाउने, त्यस मुद्दामा छाड्ने न्यायिक आदेश भएपछी प्रहरीले फेरी गिरफ्तार गरेर विभिन्न जिल्ला घुमाएर अभद्र ब्यबहार र राज्यविरुद्धको कसुर मुद्दा लगाउने प्रबृत्ति बढेपछि आज सर्बोच्च अदालतले राजनीतिक आस्था राखेकै आधारमा उनीहरुलाई गिरफ्तार गरिएको ठहर गर्दै हिरासतमुक्त गर्न आदेश दिएको थियो।

सर्बोच्च अदालतको आदेशले आज बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्लाका तात्कालिन जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी ‘आक्रोश’,अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा गण्डक ब्युरो प्रमुख मिलन राई र केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ तथा स्याङ्गजा जिल्लाका तात्कालिन सेक्रेटरी गोकुल पराजुली र मजदुर नेता अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली ‘सबिन’लाई प्रहरीले हिरासतमुक्त गरेको हो।

नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्लाका तात्कालिन जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी ‘आक्रोश’, सदस्यद्वय मिलन राई र काजी गुरुङको तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतका माननीय न्यायाधिश इश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी समेतको संयुक्त इजलाशले उनीहरुलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो भने स्याङ्गजा जिल्लाका तात्कालिन सेक्रेटरी गोकुल पराजुली र मजदुर नेता गोबिन्द ओली ‘सबिन’को तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतका माननीय न्यायाधिशद्वय प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगाना समेतको संयुक्त इजलाशले उनीहरुलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो।

ती दुवै मुद्दामा पिडितहरुकोतर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवाक्तात्रय कपिल्चान्द्र पोख्रेल, दयाराम पोख्रेल र सन्तोष कोइरालाले बहस गरेका थिए।

ने।क।पा। कास्कीका तात्कालिन सेक्रेटरी आक्रोश लगायत तीन जनाको हकमा सर्बोच्चद्वारा जारी आदेश
ने।क।पा। कास्कीका तात्कालिन सेक्रेटरी आक्रोश लगायत तीन जनाको हकमा सर्बोच्चद्वारा जारी आदेश
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला उनीहरु समेतका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएको जेठ २५ गते गिरफ्तार गरेको थियो। त्यसपछि उनीहरुलाई अदालतले छाड्ने र प्रहरीले गिरफ्तार गर्ने क्रमसंगै प्रहरीले अहिलेसम्म ९ जिल्ला पुर्याएको थियोे र अहिले अदालतको बाध्यकारी अादेशमा अाज रिहा भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार